Press Release

ट्रासमिसन लाइनका टावरहरु र सिंगल हट डिपलाई ग्यालभेन्जीङ प्रविधिबाट उत्पादन गर्दै हुलास स्टील

औद्योगिकरणका सुत्रधार एवम् सुप्रसिद्ध प्रवल गोरखा दक्षिणबाहुबाट सम्मानित स्व.दिवाकर गोल्छाको दुरदर्शिता, मार्गदर्शनहरु, देश निर्माणप्रति निष्ठावान रही स्वदेशमै राजेगारी श्रृजना गर्ने ब्यक्तित्वलाई सदासर्वदा आत्मसाथ गर्दै वहांको सम्मान एवम् सम्झनामा संस्थापक दिवस मनाउंदै आईरहेको अवस्था छ । आज २०८१ श्रावण १४ गते संस्थापक दिवस का रुपमा विशेष महत्वका साथ मनाउन पाउंदा हामी अत्यन्त हर्षित भएको कम्पनीले जनाएको छ । सोही विशेष अवसरमा उद्योगको कारखाना स्थल लगायत काठमाण्डौस्थित करपोरेट कार्यालय, पोखरा, चितवन, बिराटनगर लगायत अन्य शाखा कार्यालयहरुमा आंखा परिक्षण, बृक्षरोपण तथा आर्थिक सहयोग प्रदानका कार्यक्रमहरु समेतको आयोजना गरिएको जानकारी गराउन पाउंदा खुशी लागेको कम्पनीले प्रेस विज्ञप्तीमार्फत जनाएको छ ।

Source: ट्रासमिसन लाइनका टावरहरु र सिंगल हट डिपलाई ग्यालभेन्जीङ प्रविधिबाट उत्पादन गर्दै हुलास स्टील (arthakagaj.com)

More Like This

Press Release from Hulas Steel