Press Release

वार्षिक २ अर्ब राजस्व बुझाउँदै हुलास स्टिल

काठमाडौँ — चालीसको दशकदेखिको एउटा चर्चित विज्ञापन छ– ‘हुलास भए... अरू किन खोज्ने ?’ यो विज्ञापन नसुन्ने सायदै कोही छन् । अहिले पनि यो विज्ञापन बजिरहेकै हुन्छ ।  सबैतिर चर्चा कमाएकाले होला, कम्पनीले यसलाई आफ्नो ‘स्लोगन’ नै बनाएको छ । हुलास स्टिलले अहिले पनि यही ‘स्लोगन’अनुसार आफ्ना उत्पादनको बजारीकरण गरिरहेको छ । 

चार दशकअघि तराई–पहाडका धेरैजसो घरका छाना खरका हुन्थे । गर्मीयाममा आगलागी हुने सम्भावना उत्तिकै हुन्थ्यो । १९७० तिर गोल्छा समूहको विराटनगरमा जुट मिल थियो । उसले जुट प्रेस पनि सञ्चालन गरेको थियो । १९८० मा जुट मिलमा ठूलो आगलागी भयो । जुटमिलसँगै वरिपरिका घर पनि जले । यसको कारण पनि उही थियो— ‘खरको छानो’ ।

Source: वार्षिक २ अर्ब राजस्व बुझाउँदै हुलास स्टिल- फिचर - कान्तिपुर समाचार (ekantipur.com)

More Like This

Press Release from Hulas Steel